फिल्म ‘मिसिङः केटी हराएको सूचना’ले दर्शकलाई तान्दै

२०८१ माघ २० गते १८:४३

{{post title}}

फिल्म ‘मिसिङः केटी हराएको सूचना’ प्रति दर्शकको चासो बढिरहेको छ। मंगलबार महिला उद्यमी संघ नेपालको २ सय सदस्यीय टोलीले राजधानीको जमलस्थित विश्वज्योती सिनेप्लेक्सको हल बुक गरी यो फिल्म हेरे।

फिल्म हेरेपछि महिलाले फिल्मको कथावस्तु, कलाकारको अभिनय, र लोकेसनलाई मनपराएको प्रतिक्रिया दिएका छन्। ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको यस फिल्मको लेखन र निर्देशन दीपेन्द्र गौचनले गरेका छन्।

फिल्ममा नाजिर हुसेन र सृष्टि शाहीको मुख्य भूमिका छ, साथै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको पनि अभिनय देख्न सकिन्छ।

यस फिल्मका कार्यकारी निर्माता नकिम उद्दिन हुन् भने अन्य सह–कार्यकारी निर्मातामा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, राधेश पन्त लगायत छन्।

फिल्मका अन्य प्रमुख टिम सदस्यमा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, र दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत छन्।

फिल्म डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ र यसको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन्।

Follow Us:

Leave a Comment

Related Post