टिकटक र फेसबुकलाइ पछि पार्दै इन्स्ट्राग्राम बन्यो विश्वको नम्बर १ एप्

२०८२ असार २० गते १५:३४

{{post title}}

काठमाडौं, १४ पुष – विश्वको नम्बर १ एपको सन्दर्भमा धेरैजसो मानिसहरू फेसबुक वा टिकटकलाई पहिलो स्थानमा हुने सोच्दछन्, तर हालको तथ्यांकले फरक परिणाम देखाएको छ।

अब इन्स्टाग्रामले यी दुवै एपलाई उछिन्दै पहिलो स्थान हासिल गरेको छ। खासगरी, केही देशहरूमा टिकटकमाथि प्रतिबन्ध हुँदा इन्स्टाग्रामलाई प्रत्यक्ष रूपमा फाइदा पुगेको हो। यसका साथै, टिकटक पछाडि पर्नुमा अन्य केही प्रमुख कारणहरू पनि छन्।

सेन्सर टावरको पछिल्लो रिपोर्टअनुसार, विश्वभर इन्स्टाग्रामको डाउनलोड २० प्रतिशतले बढेको छ। सन् २०२३ मा इन्स्टाग्राम ७६ करोड ७० लाख पटक डाउनलोड गरिएको थियो, जुन सन् २०२२ को तुलनामा २० प्रतिशतले बढी हो। यता टिकटक ७३.३ करोड पटक डाउनलोड भएको छ। भारतजस्ता ठूला बजारमा टिकटक प्रतिबन्धित हुनु र अमेरिकामा प्रतिबन्धको तयारी भइरहनुले यसलाई असर गरेको छ।

इन्स्टाग्रामको लोकप्रियता विशेष गरी २०२० बाट बढ्न थालेको हो, जब यसले रिल्स फिचर लन्च गर्‍यो। रिल्समार्फत प्रयोगकर्ताहरूले छोटो र क्रियटिभ भिडियोहरू सिर्जना र सेयर गर्न सक्छन्, जसले युवापुस्ताको ध्यान खिच्न ठूलो भूमिका खेलेको छ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, इन्स्टाग्रामको रिल्स फिचरले विशेष गरी युवायुवतीको मन जितेको छ। तिनीहरूले मनोरञ्जनात्मक, जानकारीमूलक, र क्रियटिभ सामग्री उत्पादन गरेर इन्स्टाग्राममा सेयर गर्ने गरेका छन्, जसले यसको लोकप्रियता थप उचाइमा पुर्‍याएको छ।

यद्यपि, समय बिताउने हिसाबले टिकटक अझै अगाडि छ। तथ्यांकअनुसार, प्रयोगकर्ताहरूले टिकटकमा औसत ९५ मिनेट प्रतिदिन खर्च गरेका छन्, जबकि इन्स्टाग्राममा यो समय ६२ मिनेट रहेको छ। ट्विटर र स्न्यापच्याट जस्ता अन्य एपहरूको औसत समय क्रमशः ३० मिनेट र १९ मिनेट मात्र छ।

एप डाउनलोडको संख्या हेर्दा इन्स्टाग्राम विश्वकै नम्बर १ बन्न सफल भएको छ, तर प्रयोगकर्ताको सहभागिता र समय बिताउने दरमा टिकटक अझै बलियो छ।

Leave a Comment

Related Post