साफ यू–१९ च्याम्पियनसिपका लागि नेपाली टिम सार्वजनिक

२०८२ बैशाख १५ गते २०:५०

{{post title}}

काठमाडौं, १४ वैशाख — साफ यू–१९ च्याम्पियनसिप २०२५ का लागि नेपालको २३ सदस्यीय टोली घोषणा गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आइतबार टिमको घोषणा गरेका हुन्।

प्रतियोगिता मे ९ देखि १८ तारिखसम्म भारतको अरुणाचल प्रदेशस्थित गोल्डेन जुब्ली रंगशालामा आयोजना हुनेछ। नेपाल समूह ‘बी’ मा रहेको छ र पहिलो खेल मे ११ मा श्रीलंकाविरुद्ध तथा दोस्रो खेल मे १३ मा भारतविरुद्ध खेल्ने तालिका तय गरिएको छ।

नेपालले यस उमेर समूहको प्रतियोगितामा सन् २०१५ मा पहिलो पटक उपाधि जितेको थियो।

घोषित नेपाली टोली

गोलकिपर: भक्तबहादुर परियार, विशेष बानियाँ, उपेन्द्र लवान

रक्षक: रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाहाङ नेम्वाङ, मदन पौडेल, राम थापा, सिद्धान्त खड्का

मिडफिल्डर: कृष्णबहादुर आले, कृष थापामगर, सरोज दर्लामी, लच्छु थापा, सविनकुमार लुंगेलीमगर, रञ्जित लामा, पवन पाख्रिन, विज्ञान खड्का

फरवार्ड: सुवास बम, धर्मेन्द्र कुँवर, सुजन डंगोल, प्रसुन तामाङ, विजय उर्वा

Leave a Comment

Related Post