ललितपुर महानगरको सबै सामुदायिक विद्यालयलाई पठनपाठन सुरु गर्न अनुरोध

२०८२ बैशाख १५ गते १३:४४

{{post title}}

काठमाडौं, १५ वैशाख — ललितपुर महानगरपालिकाले क्षेत्रभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरूलाई नियमित भर्ना प्रक्रिया र पठनपाठन सुरु गर्न अनुरोध गरेको छ।

महानगरका प्रवक्ता राजु महर्जनद्वारा पठाइएको पत्रमार्फत वैशाख १६ गतेदेखि सबै विद्यालयमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न आग्रह गरिएको हो।

महानगरले सर्वोच्च अदालतको आदेशको पालनामा यस्तो पहल गरेको जनाएको छ। अदालतले देशभरका बालबालिकालाई शिक्षा पाउने अधिकारबाट वञ्चित नगराउन निर्देशन दिएको थियो।

झण्डै एक महिनादेखि काठमाडौं केन्द्रित शिक्षक आन्दोलनका कारण अधिकांश सामुदायिक विद्यालयमा पठनपाठन अवरुद्ध भएको छ, जसले विद्यार्थीहरूको अध्ययनमा गम्भीर असर पारेको छ।

Leave a Comment

Related Post