काठमाडौं। नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ६० हजार ४०० रुपैयाँमा झरेको छ।
यसअघि, शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ६० हजार ६०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला १५ रुपैयाँले घटेर १८६५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला १८८० रुपैयाँमा कारोबार भएको थियो।
Leave a Comment