काठमाडौं। रियल म्याड्रिडले स्पेनिस ला लिगामा भालाडोलिडविरुद्ध ३-० को शानदार जित दर्ता गर्दै शीर्ष स्थान थप बलियो बनाएको छ।
शनिबार राति भएको खेलमा रियलका लागि केलियन एम्बाप्पे ह्याट्रिक नायक बने। ३०औं मिनेटमा पहिलो गोल गरेका एम्बाप्पेले दोस्रो गोल ५७औं मिनेटमा गरे। इन्ज्युरी समयमा पेनाल्टीमार्फत ह्याट्रिक पूरा गर्दै सिजनको व्यक्तिगत गोल संख्या १५ पुर्याए। यो रियल म्याड्रिडबाट एम्बाप्पेको पहिलो ह्याट्रिक हो।
यो जितसँगै रियल म्याड्रिडले २१ खेलमा ४९ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिडले भिल्लारियलसँग १-१ को बराबरी खेलेपछि समान खेलबाट ४५ अंक जोड्न सफल भयो।
Leave a Comment