काठमाडौं, १३ माघ। अहिले देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
गण्डकी प्रदेश, कर्णाली प्रदेश, र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहेको छ। तर, तराईका धेरै क्षेत्रमा हुस्सु र कुहिरोले जनजीवन प्रभावित बनाएको छ।
दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रहिरहनेछ। राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुने र अन्य क्षेत्रमा मौसम सफा रहने अनुमान गरिएको छ।
कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा हल्का हिमपातको सम्भावना छ। तराईका धेरै क्षेत्रमा हुस्सु र कुहिरोको सम्भावनाले दैनिक जनजीवन, यातायात, कृषि, स्वास्थ्य, र हवाई उडानमा असर पुर्याउन सक्ने भएकाले सतर्कता अपनाउन मौसम महाशाखाले आग्रह गरेको छ।
Leave a Comment