युएसआइडीको पैसा धर्म प्रचारमा प्रयोग गरेका छैनौं : मह जोडी

२०८१ फाल्गुन ८ गते १५:२७

{{post title}}

काठमाडौँ – कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अमेरिकी विकास सहायता (युएसएआइडी) को रकम धर्म प्रचारका लागि प्रयोग भएको आरोपको स्पष्ट खण्डन गर्दै आफ्नो पक्ष राखेका छन्। सामाजिक सञ्जालमा फैलिएको आरोप अनुसार युएसएआइडीको पैसा लिएर धर्मविरोधी काम गरियो भन्ने कुरा उनीहरूले भिडियो सन्देशमार्फत खारेज गरेका छन्।

मदानकृष्णले भने, “हामीले जनचेतना अभिवृद्धिका लागि कुष्ठरोग र क्षयरोग खोपसम्बन्धी टेलिफिल्महरू निर्माण गरेका छौं, जसले धर्म विरोधी कुनै काम समेट्दैन।”

हरिवंश आचार्यले थप, “हामीले युट्युबमा पारदर्शी रूपमा सामग्री प्रस्तुत गरेका छौं र कहिल्यै सनातन हिन्दू, बुद्ध धर्म वा अन्य कुनै धर्मको विरोध गरेका छैनौं। पञ्चायत व्यवस्थाको सराद्धे कार्यक्रममा पण्डित पात्रप्रति गरिएको व्यंग्यलाई लिएर उत्पन्न भ्रम असत्य हो। हामी हाम्रो काममा निरन्तर लागिरहन्छौं र यस्ता आरोपले हामीलाई हतोत्साहित गर्ने छैन,” भनेका छन्।

Leave a Comment

Related Post