रविलाई भोलि उपस्थित हुने शर्तमा निकिता र कानुन व्यवसायीको जिम्मा लगाइयो

२०८१ माघ १० गते ०६:११

{{post title}}

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले भोलि अदालतमा उपस्थित हुने शर्तमा जिम्मा लगाएको छ।

अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीका अनुसार लामिछानेलाई श्रीमती निकिता पौडेल लामिछाने र कानुन व्यवसायीको जिम्मा दिने आदेश भएको छ।

‘भोलि बिहान १० बजे अदालतमा उपस्थित गराउने सर्तमा उहाँलाई जवानीमा छाड्ने आदेश भएको हो,’ मरासिनीले जानकारी दिए।

सो आदेश जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले दिएको हो।

बुटवलको सुप्रिम सहकारीको बचत ठगीको आरोपमा दायर मुद्दामा बयान दिन लामिछाने बुधबार अदालत पुगेका थिए। बुधबार उनको बयान सकिएको छ। अब भोलिबाट थुनछेक बहस सुरु हुने जनाइएको छ।

बुटवलको सुप्रिम सहकारीको बचत ठगीको पूरक अभियोगमा रविसहित १४ जना र यसअघिको मुद्दामा २८ जना गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।

Leave a Comment

Related Post