किर्तिपुर क्रिकेट मैदानको काम छिटो बढाउन प्रधानमन्त्रीको निर्देशन

२०८१ माघ २४ गते १३:११

{{post title}}

काठमाडौं, २३ माघ – प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको पूर्वाधार निर्माण कार्य तोकिएको समयमा सम्पन्न हुने गरी तीव्र गतिमा अगाडि बढाउन शहरी विकास मन्त्रालयलाई निर्देशित गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित ब्रिफिङमा ओलीले उक्त रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्य स्पष्ट पारेका छन्।

प्रधानमन्त्रीले पद बहालीपछि ३०० दिनभित्र रंगशालाको उन्नयन गर्ने योजना घोषणा गरेका थिए। प्यारापिट र फ्लडलाइटका लागि बोलपत्र मूल्याङ्कनको चरण सकिन लागेकोले चाँडै ठेक्का सम्झौता हुने जानकारी पनि मन्त्रीलाई अवगत गराइएको थियो। उनले आगामी निर्माण चरणको लागि सम्झौता प्रक्रिया तीव्र बनाउन थप निर्देश दिएका छन्।

बैठकमा ओलीले आगामी बजेट र कार्यक्रम कार्यान्वयनमा ढिलाइ नहुने कुरामा समेत जोड दिएका थिए। हालको आर्थिक वर्षमा चालु प्रगति १९.३५ प्रतिशत र पुँजीगत प्रगति १२.०४ प्रतिशत प्राप्त भएको तथ्यलाई सन्तोषजनक ठानेका प्रधानमन्त्रीले, पूर्वाधार निर्माणमा ढिलाइ हुनुले मुलुकको उत्पादन र उत्पादकत्वमा नकारात्मक प्रभाव पार्ने चेतावनी समेत दिएका छन्।

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशनमान सिंह र सम्बन्धित उच्चाधिकारीहरूले संघीय संसद भवन, धरहरा, संघीय मन्त्रीहरुको निवास, दमक व्यापारिक कम्लेक्स, नेपाली सेनाको चण्डी दल, थापाथलीस्थित नेपाल राष्ट्र बैंकको भवन निर्माण तथा आगामी योजनाहरूको प्रगतिको जानकारी पनि प्रस्तुत गरे।

Leave a Comment

Related Post