म्यानमारविरुद्ध नेपालको सुरुआती–११ सार्वजनिक, कप्तान एन्जिला टोलीमा फर्किइन्

२०८१ फाल्गुन १४ गते १७:५८

{{post title}}

काठमाडौं – फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिप अन्तर्गत आज म्यानमारविरुद्धको खेल दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुन लागेको छ। खेलका लागि नेपालले आफ्नो सुरुआती–११ सार्वजनिक गरेको छ। मुख्य प्रशिक्षक राजेन्द्र तामाङले अघिल्लो खेलमा विश्राम दिइएको कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बालाई टोलीमा फर्काउनु भएको छ।

नेपालको सुरुआती–११मा एन्जिला तुम्बापो सुब्बा (कप्तान/गोलकिपर), रेनुका नगरकोटी, विमला विक, पूजा राना, समीक्षा घिमिरे, गीता राना, सरु लिम्बु, प्रीति राई, रेखा पौडेल, सविता राना मगर र सावित्रा भण्डारी रहेका छन्।

Leave a Comment

Related Post