१२ दिनको उपचारपछि पोखरा फर्किए मेयर आचार्य

२०८१ फाल्गुन १५ गते १८:२४

{{post title}}

काठमाडौं – पोखरा महानगरका मेयर धनराज आचार्य १२ दिनको उपचारपछि पोखरा फर्किएका छन्। फागुन ३ गते ‘पोखरा भ्रमण वर्ष २०२५’ को औपचारिक घोषणा समारोहका क्रममा प्राविधिक त्रुटिका कारण उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसँगै मेयर आचार्यलाई जलनका कारण कीर्तिपुर बर्न अस्पतालमा भर्ना गराइएको थियो।

केही दिनअघि नै विष्णु पौडेल अस्पतालबाट डिस्चार्ज भएर आफ्नो नियमित कार्यमा फर्किसकेका छन् भने, आज मेयर आचार्य पनि उपचार पूरा गरी पोखरा फर्किएका छन्। उनले गण्डकी मेडिकल कलेज पोखरा, फिस्टेल अस्पताल पोखरा, र कीर्तिपुर अस्पताल काठमाडौँका विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी र सम्पूर्ण अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन्।

आचार्यले जलनका सम्भावित जोखिम र स्वास्थ्य सुरक्षा अपनाउन आवश्यक सावधानीका बारेमा जोड दिएर सहयोग गर्ने सबैप्रति कृतज्ञता प्रकट गरेका छन्।

Leave a Comment

Related Post