काठमाडौँमा ‘घण्टी’ को दबदबा: रन्जु, शिशिर, विराज र राजु नाथ पाण्डे भारी मतले विजयी

२०८२ फाल्गुन २२ गते २१:१८

{{post title}}

काठमाडौँ, २२ फागुन २०८२ आम निर्वाचन २०८२ को मतगणना अन्तिम चरणमा पुग्दा बागमती प्रदेशको राजधानी काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो वर्चस्व कायम गरेको छ। काठमाडौँका महत्तवपूर्ण निर्वाचन क्षेत्रहरू १, ६ र ८ मा रास्वपाका उम्मेदवारहरू भारी मतान्तरले विजयी भएका छन्।

१. काठमाडौँ क्षेत्र नं. १: रन्जु न्यौपाने (दर्शना) को ऐतिहासिक पुनरागमन
काठमाडौँ-१ मा रास्वपाकी उम्मेदवार रन्जु न्यौपाने (दर्शना) १५,४५५ मत प्राप्त गर्दै विजयी हुनुभएको छ। उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ९,०९१ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको हो।

२. काठमाडौँ क्षेत्र नं. ६: शिशिर खनालको दोस्रो इनिङ
काठमाडौँ-६ बाट रास्वपाका शिशिर खनाल पुनः निर्वाचित हुनुभएको छ। खनालले २७,९१६ मत प्राप्त गर्नुभएको छ। उहाँले आफ्ना प्रतिस्पर्धीलाई २१,२४९ मतको भारी अन्तरले पछि पार्दै आफ्नो सिट सुरक्षित गर्नुभएको हो।

३. काठमाडौँ क्षेत्र नं. ८: विराज भक्त श्रेष्ठको शानदार विजय
काठमाडौँ-८ मा रास्वपाका विराज भक्त श्रेष्ठ अत्याधिक मतका साथ विजयी हुनुभएको छ। श्रेष्ठले २४,५९२ मत प्राप्त गर्दा उहाँको जितको अन्तर २१,३७५ रहेको छ। काठमाडौँको भित्री सहर र सम्पदा क्षेत्र मानिने यस निर्वाचन क्षेत्रमा विराज भक्तको पक्षमा देखिएको यो जनलहरले पुराना दलहरूलाई ठूलो धक्का दिएको छ।

काठमाडौँ क्षेत्र नं. ३: राजु नाथ पाण्डे विजयी सबैभन्दा चर्चामा रहेको काठमाडौँ-३ मा रास्वपाका राजु नाथ पाण्डेले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई ५,१३३ मतान्तरले पराजित गर्नुभएको छ।

Follow Us:

सम्बन्धित खवर