अमेरिकामा सेनाको हेलिकप्टर र एयरलाइन्सको विमान ठोक्किँदा १९ को मृत्यु

२०८१ माघ १७ गते १४:२५

{{post title}}

अमेरिकामा अमेरिकी एयरलाइन्सको विमान र सेनाको ब्ल्याक हक हेलिकप्टर आकाशमै ठोक्किँदा १९ जनाको ज्यान गएको छ।

बिबिसीका अनुसार वासिङ्टन डिसी नजिकै भएको यो दुर्घटनामा एयरलाइन्सको विमानमा ६४ जना सवार थिए, जसमा ६० जना यात्रु र ४ जना चालक दलका सदस्य थिए। ठक्करपछि विमान आकाशमै टुक्रिएर पोटोम्याक नदीमा खसेको बताइएको छ।

घटनापछि उद्धार टोली सक्रिय भएको छ, र अहिलेसम्म १९ जनाको शव फेला परेको छ। बमबार्डियर कम्पनीको सिआरजे ७०० विमान वासिङ्टनबाट क्यान्ससतर्फ जाँदै थियो।

स्थानीय समयअनुसार राति ९ बजे रिगन वासिङ्टन नेशनल एयरपोर्ट नजिकै दुर्घटना भएको थियो। विमानले सोही एयरपोर्टबाट उडान भरेको थियो। अमेरिकी अधिकारीहरूले घटनाको विस्तृत अनुसन्धान थालेका छन्।

Leave a Comment

Related Post