काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका छन्।
शुक्रबार ईयूका राजदूत भेरोनिक लोरेन्जो सहित प्रतिनिधिमण्डलसँग मन्त्रालयमा भएको भेटमा मन्त्री पाण्डेले नेपाल र युरोपेली युनियनबीच साझेदारी रहेको उल्लेख गरे।
राजदूत लोरेन्जोले ईयूको हवाई प्रतिबन्धले नेपाली पर्यटन क्षेत्रमा परेको असरबारे जानकार रहेको बताइन्। उनले नेपालले प्राविधिक रूपमा सक्षम बन्नुपर्नेमा जोड दिँदै फ्रान्सको एयरबस कम्पनीले नेपाली नागरिक उड्डयन क्षेत्रमा सहयोग गर्न तयार रहेको जानकारी दिइन्।
त्यसैगरी, उनले नेपालको हवाई दुर्घटनाबारे बनेको उच्चस्तरीय छानबिन समितिप्रति ईयूको चासो रहेको पनि स्पष्ट पारिन्।























Leave a Comment