काठमाडौं। भारतको महाराष्ट्रस्थित जलगाउँ नजिक पचौरा रेलवे स्टेशनमा भएको ट्रेन दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन्।
लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसमा आगो लागेको अफवाहपछि यात्रुहरूले ट्रेनबाट हाम फाल्दा घटना भएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार पुष्पक एक्सप्रेसको बी-४ बोगीमा विद्युत सर्ट भएको थियो। यसलाई आगलागी ठानेर केही यात्रुले आकस्मिक चेन तानेर ट्रेन रोक्न खोजे, जसका कारण ट्रेन ट्रयाकबाट बाहिरिन पुग्यो।
दुर्घटनाका क्रममा यात्रुहरूले ट्रेनबाट हाम फाल्दा थप क्षति भएको अधिकारीहरूले जनाएका छन्। ती यात्रुहरू हाम फालेको स्थानमा अर्को ट्रयाक थियो, जहाँबाट कर्नाटक एक्सप्रेस आइरहेको थियो।
दुर्घटनामा केही नेपाली यात्रु पनि परेको अनुमान गरिएको छ, तर यसको औपचारिक पुष्टि भइनसकेको बताइएको छ।
Leave a Comment