समुद्रको गहिराइमा वैज्ञानिकहरूले फेला पारे ‘डुबेको संसार’, थप अनुसन्धान जारी

२०८२ असार २१ गते १८:१४

{{post title}}

काठमाडौं, १८ माघ – वैज्ञानिकहरू निरन्तर नयाँ रहस्यहरूको खोजीमा लागिरहेका छन्। पृथ्वी र अन्तरिक्षको अध्ययन भइरहे पनि हालै स्विट्जरल्याण्डका वैज्ञानिकहरूले समुद्रको गहिराइमा एउटा रहस्यमय स्थान फेला पारेका छन्, जसलाई उनीहरूले ‘डुबेको संसार’ नाम दिएका छन्।

वैज्ञानिकहरूका अनुसार यी धब्बाहरू सम्भवत: पृथ्वीको आवरण निर्माण हुने क्रममा बनेका हुन्, जसको आयु लगभग ४ अर्ब वर्ष पुरानो हुन सक्ने अनुमान गरिएको छ। प्रारम्भिक पृथ्वीको निर्माण प्रक्रियामा बनेका क्रस्टका अंशहरू नै अहिले समुद्रको गहिराइमा भेटिएको हुनसक्ने उनीहरूको धारणा छ।

नवीनतम प्रविधिको प्रयोग गरेर वैज्ञानिकहरूले पृथ्वीको आन्तरिक भागको उच्च रिजोल्युसन मोडेलिङ गरेका छन्। यो नयाँ पत्ता लागेको ‘डुबेको संसार’ अहिलेसम्म पत्ता लागेका ‘सबडक्टेड स्ल्याब’ भन्दा पृथक रहेको दाबी गरिएको छ।

स्विस नेशनल सुपर कम्प्युटिङ सेन्टरको पिज डेन्ट सुपर कम्प्युटरको मद्दतले केन्द्रमा फुल वेभ इन्भर्सन प्रविधि प्रयोग गरी पृथ्वीको गहिराइको विस्तृत छवि तयार गरिएको थियो। भूकम्पीय तरंगहरूको अध्ययनबाट वैज्ञानिकहरूले यस अनौठो संरचनाको अस्तित्व पत्ता लगाएका हुन्।

वैज्ञानिकहरूका अनुसार यो खोजले पृथ्वीको उत्पत्तिका बारेमा नयाँ दृष्टिकोण प्रस्तुत गर्न सक्छ। जियोलोजिकल इन्स्टिच्युटका अनुसन्धानकर्ता थोमस भन्छन्, “हामी अझ विस्तृत अनुसन्धान गरिरहेका छौं। यी संरचनाहरू के हुन् भन्ने ठोस प्रमाण अहिले पनि अस्पष्ट छ। थप अध्ययनबाट पृथ्वीको अतीत र भविष्यबारे गहिरो ज्ञान प्राप्त गर्न सकिनेछ।

यो पत्ता लागेपछि वैज्ञानिक समुदायमा पृथ्वीको उत्पत्तिसम्बन्धी परम्परागत सिद्धान्तहरूलाई पुनः परीक्षण गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। अनुसन्धानकर्ताहरूले यो ‘डुबेको संसार’ पृथ्वीको प्रारम्भिक भूवैज्ञानिक घटनाक्रमको महत्त्वपूर्ण अंश हुनसक्ने निष्कर्ष निकालिरहेका छन्।

Leave a Comment

Related Post