राष्ट्रपति पौडेलद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

२०८१ माघ ८ गते ०९:१५

{{post title}}

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो कार्यकालको शपथ ग्रहणको अवसरमा बधाई दिएका छन्।

मङ्गलबार राष्ट्रपति पौडेलले सामाजिक सञ्जालमार्फत ट्रम्पलाई अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा कार्यभार ग्रहण गरेकोमा बधाई दिएका हुन्। साथै, उनले ट्रम्पको नेतृत्वमा नेपाल–अमेरिका सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेलले ट्रम्पलाई सफल कार्यकालको शुभकामना दिदैँ दुई देशबीचको आपसी सहयोग र साझेदारी बलियो हुने अपेक्षा गरेका छन्।

Leave a Comment

Related Post