२८ भदौ २०८१, शुक्रबार

सर्केगाडका उपाध्यक्ष कार्कीको दुर्घटनामा मृत्यु

spot_img

सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको गाडी दुर्घटनामा मृत्यु भएको छ।

सोमबार दिउँसो सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी दुर्घटनामा परेका कार्कीको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, भेरीगंगा नगरपालिका–५, एमाले मोडमा दुर्घटनामा परेका उक्त गाडीमा सवार २१ जना घाइते भएका थिए। सबै घाइतेलाई उपचारका लागि भेरी अस्पताल पठाइएको छ। कार्की माओवादी केन्द्रको प्रदेश समिति सचिवालयका सदस्य पनि थिए।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

नयाँ अपडेट

ट्रेन्डिङ

spot_img