२७ भदौ २०८१, बिहिबार

मधेसका सबै विद्यालय बन्द गर्ने प्रभु साहको चेतावनी

spot_img

रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले मधेसमा विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे सम्पूर्ण विद्यालयहरू बन्द गर्ने चेतावनी दिएका छन्।

रौतहटको गुजरा नगरपालिकाको खतवहियामा आज आजपाद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै साहले यस्तो चेतावनी दिएका हुन्। उनले सरकारले मधेसमा विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरेको भन्दै यसबारेमा सरकार गम्भीर नभएको बताएका छन्।

“मधेसका विद्यालयमा विद्यार्थीको चाप धेरै छ। तर, विद्यार्थीको अनुपातमा यहाँ शिक्षकको व्यवस्था सरकारले गरेको छैन। हामीले विद्यार्थीको अनुपातमा विषयगत र तहगत शिक्षकको व्यवस्था गराउन पटक-पटक ध्यानाकर्षण गरायौं, तर सरकार गम्भीर छैन,” आजपा अध्यक्ष साहले भने। “अब यस्तै भइरहेको अवस्थामा, हामी चुप लागेर बस्दैनौं। सरकारले यथासिघ्र शिक्षकको व्यवस्था नगरेमा बाध्य भएर हामी सबै विद्यालय बन्द गरेर आम शैक्षिक हडतालमा उत्रिनेछौं।”

Advertisement
Ad 1
Ad 2
Ad 3

साहले मधेसको विगतको शिक्षा र विकासलाई पछिल्लो समयमा कसरी हेर्ने भन्ने प्रश्न उठाउँदै सिंहदरबारमा बसेर लुटमचाउनेले मधेसलाई पछाडि पार्ने काम गरेको आरोप लगाए। मधेसवादी दलका नेताहरू लुटतन्त्रमा संलग्न रहेको र सिंहदरबारले मधेसलाई समृद्ध बनाउन चाहेको छैन भने, साहले अब शैक्षिक हडतालको विकल्प नरहेको बताए।

शिक्षा ऐनको मापदण्डअनुसार तराई मधेसमा ५० विद्यार्थीमा १ शिक्षक हुनुपर्ने, पहाडमा ४० विद्यार्थीमा १ शिक्षक, र हिमालमा ३५ विद्यार्थीमा १ शिक्षक हुनुपर्ने प्रावधान छ। यो मापदण्ड निर्धारण गर्दा नै विभेदकारी भएको उनले बताए, तर पनि यो मापदण्ड अनुसार तराई मधेसमा शिक्षकको व्यवस्था गर्न मन्त्रालयले ध्यान दिएको छैन।

मधेसको शिक्षा प्रति चिन्तित रहेका साहले विगतदेखि नै मधेसको विकास, समृद्धि, र सचेतनामा चासो राख्दै आएका छन्। उनले राज्यको कुदृष्टिले मधेसलाई कुरुप बनाएको र मधेसवादी दलका भ्रष्ट चरित्रले मधेसलाई बदनाम गरेको बताए। मधेसको विकास र समृद्धिका लागि यहीका युवाहरूलाई अग्रमोर्चामा आउनुपर्ने उनले जोड दिए।

शिक्षकको व्यवस्था गर, र विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर भन्ने सुझाव दिएका बेला सरकारले नसुन्दै मनपरी गर्ने कामले आम जनता दुःखी भएको भन्दै उनले सरकारलाई सडकबाट जवाफ दिनुपर्ने समय आएको बताए।रौतहटको मौलापुरकी मेयर रिना कुमारी साहले केही समय पहिला शिक्षा मन्त्री विद्या भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाएकी थिइन्। सिंहदरबारमै पुगेर मेयर साहले मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदा पनि मन्त्रालयले कुनै कारवाही नगरेको आजपा केन्द्रीय सदस्य तथा लेखक डा. हेमप्रसाद साहले बताए।

आजपाको स्थानीय नेता सैतूलाहको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका उपाध्यक्ष एवं पूर्वसांसद सामिना हुसेन, महासचिव त्रिभुवन साह, स्थायी कमिटी सदस्यहरू लालबाबु मंसूरी, नरेश तुराहा, चन्देश्वर बैठा, लखिन्द्र साह लगायतको विशेष सहभागिता रहेको थियो।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

नयाँ अपडेट

ट्रेन्डिङ

spot_img