२८ भदौ २०८१, शुक्रबार

पाइलट बाबाको निधन

spot_img

भारतका चर्चित सन्त पाइलट बाबाको निधन

भारतका चर्चित सन्त पाइलट बाबाको निधन भएको छ। भारतीय मिडिया एबीपी न्यूजका अनुसार, जुना अखडाका महामंडलेश्वर पाइलट बाबा लामो समयदेखि बिरामी थिए र दिल्लीको एपोलो अस्पतालमा उनको निधन भएको हो।

उनको समाधि हरिद्वारमा लगाइने बताइएको छ। भारतीय वायुसेनामा विंग कमाण्डर रहेर पाकिस्तानसँगको दुई युद्धमा फाइटर पाइलटको भूमिका निभाएका पाइलट बाबाले त्यसपछि सन्यास लिएका थिए, र यसै कारण उनी पाइलट बाबाको नामले प्रसिद्ध भएका थिए।पाइलट बाबाको महासमाधिको जानकारी उनको इन्स्टाग्राम एकाउन्टमार्फत आएको हो।

Advertisement
Ad 1
Ad 2
Ad 3

इन्स्टाग्राममा लेखिएको छ: “ओम नमो नारायण, हार्दिक श्रद्धाञ्जलीका साथ हाम्रा प्यारा गुरुदेवप्रति विश्वभरका सम्पूर्ण शिष्य र भक्तजनहरुलाई सूचित गर्दछौं कि हाम्रा पूज्य गुरुदेव महायोगी पाइलट बाबाजीले आज महासमाधी प्राप्त गर्नुभएको छ। उहाँले आफ्नो नश्वर शरीर त्याग्नु भएको छ। यो समय प्रार्थना गर्ने र शान्त रहनको हो। कृपया यसलाई सहज रूपमा लिनुहोस् र उहाँप्रति कृतज्ञता व्यक्त गर्नुहोस्। थप जानकारी पछि साझा गरिनेछ।”

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

नयाँ अपडेट

ट्रेन्डिङ

spot_img