२७ भदौ २०८१, बिहिबार

नेपाल र बंगलादेश साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा

spot_img

काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समूह एबाट नेपाल र बंगलादेश सेमिफाइनलमा प्रवेश गरेका छन्।

समूह ए अन्तर्गत मंगलबार सम्पन्न खेलमा बंगलादेशले श्रीलंकालाई २-० ले पराजित गरेसँगै नेपाल र बंगलादेश सेमिफाइनलमा पुगेका हुन्। समूह ए का दुवै खेलमा हार बेहोरेको श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ।आइतबारदेखि शुरु भएको प्रतियोगितामा समूह ए मा रहेका नेपालले पहिलो खेलमा श्रीलंकालाई १-० गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको थियो भने सोमबार समूह बी को खेलमा भारतले भुटानलाई १-० गोलले पराजित गरेको थियो।

समूह ए मा पहिलो खेलमा नेपालसँग पराजित भएको श्रीलंकालाई सेमिफाइनलमा पुग्नका लागि यो खेल जित्नै पर्ने अवस्थामा थियो भने बंगलादेशले आफ्नो पहिलो खेल खेलेको थियो।नेपालसमेत ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समूह ए मा बंगलादेश र श्रीलंकासँग रहेको छ भने समूह बी मा भारत, भुटान, र माल्दिभ्स रहेका छन्।

Advertisement
Ad 1
Ad 2
Ad 3

त्यसैगरी, नेपालले समूह चरणको अर्को खेल बिहीबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

नयाँ अपडेट

ट्रेन्डिङ

spot_img