२८ भदौ २०८१, शुक्रबार

विश्वभर मंकीपक्सको संक्रमण बढ्दै, कंगोमा अहिलेसम्म ५७० जनाको मृत्यु

spot_img

विश्वभर मंकीपक्स (एमपक्स) को संक्रमण लगातार बढिरहेको छ। अफ्रिकी देश कंगोमा १६ हजारभन्दा बढीलाई मंकीपक्सको संक्रमण भएको छ।

मिडिया रिपोर्टका अनुसार, मंकीपक्सबाट कंगोमा अहिलेसम्म ५७० भन्दा बढीको मृत्यु भइसकेको छ। कंगोली सरकारले अमेरिका र जापानबाट खोप मागेको छ।

मंकीपक्सको संक्रमण अफ्रिकी देशहरूमा लगातार बढेपछि विश्व स्वास्थ्य संगठनले हालै विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोमा यो रोग सुरु भएपछि छिमेकी देशहरूमा फैलिएको छ। अमेरिकाले कंगोलाई संक्रमणसँग लड्नका लागि ५० हजार खोप दिन आग्रह गरेको बताइएको छ। जापानले सोमबार मात्र बालबालिकाका लागि ३५ लाख खोप उपलब्ध गराउने बताएको छ।

Advertisement
Ad 1
Ad 2
Ad 3

विश्व स्वास्थ्य संगठनले यो रोगसँग लड्न नयाँ निर्देशिका पनि जारी गरेको छ। मंकीपक्सको प्रकोप हुने क्षेत्रमा खोप लगाउने रणनीति अपनाउनुपर्ने डब्लुएचओले जनाएको छ। संगठनले मंकीपक्स र यसको फैलावटका घटनाहरूको छानबिन गर्न पनि आग्रह गरेको छ। डब्ल्यूएचओले स्वास्थ्य विभागलाई हरेक हप्ता नयाँ केसको रिपोर्ट तयार गर्न भनेको छ।

संस्थाले मंकीपक्स पीडितको सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान, अनुगमन, र सहयोग गर्नुपर्ने जनाएको छ। साथै संक्रमित मानिसहरूलाई खाना र अन्य सहयोग उपलब्ध गराउन तयार रहन पनि आग्रह गरिएको छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

नयाँ अपडेट

ट्रेन्डिङ

spot_img