२७ भदौ २०८१, बिहिबार

गुन्डोगनले छोडे अन्तर्राष्ट्रिय फुटबल

spot_img

जर्मनीका मिडफिल्डर इल्के गुन्डोगनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।

३३ वर्षीय गुन्डोगनले हालै सम्पन्न युरो २०२४ मा जर्मनीको कप्तानी गरेका थिए। जर्मनीका लागि ८२ खेल खेलेका गुन्डोगन हाल बार्सिलोनाबाट व्यावसायिक फुटबल खेलिरहेका छन् र उनले जर्मनीको लागि १९ गोल गरेका छन्।

बार्सिलोना छोडेर म्यानचेस्टर सिटीमा फर्किने चर्चा भइरहेको बेला, गुन्डोगनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको निर्णय लिएका छन्। उनले क्लब र राष्ट्रिय टीमका धेरै खेलहरूको कारण मानसिक र शारीरिक दबाबको सामना गर्नुपर्ने भएको भन्दै यो निर्णयमा पुगेको बताएका छन्।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

नयाँ अपडेट

ट्रेन्डिङ

spot_img