२८ भदौ २०८१, शुक्रबार

डेमोक्रेटको कन्भेन्सनमा भावुक देखिए बाइडेन

spot_img

अमेरिकी राष्ट्रपति जो बाइडेनले डेमोक्रेट पार्टीको नेशनल कन्भेन्सनमा बिदाई भाषण दिएका छन्। स्टेजमा उत्रँदा बाइडेन भावुक देखिएका थिए।

सम्बोधनको क्रममा उनले आफ्नो हरेक कामसँग उपराष्ट्रपति कमला ह्यारिसको नाम जोड्दै ह्यारिसको प्रशंसा गरे। बाइडेनले कन्भेन्सनमा उपस्थित सबैलाई धन्यवाद दिदै ह्यारिस र वाल्जको टिमलाई जिताउन अपिल गरेका थिए। भाषणमा बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लोकतन्त्रका लागि खतरा भएको टिप्पणी गरे र जनवरी ६, २०२१ मा भएको क्यापिटल हिल हिंसाको उल्लेख गरे। उनले भने, “अमेरिकामा राजनीतिक हिंसाको कुनै ठाउँ छैन। त्यस दिन (क्यापिटल हिल हिंसाको दिन) हामीले देशको रूपमा रहेको लगभग सबै कुरा गुमायौं। त्यो धम्की आज पनि कायम छ। ट्रम्पले हारेमा रक्तपात गर्ने वाचा गरेका छन्, यी उनका शब्दहरू हुन्। उनले जितेमा उनी पहिलो दिनदेखि नै तानाशाह हुनेछन्, यी उहाँका शब्दहरू हुन्।”

बाइडेनले आफूहरू लोकतन्त्रको रक्षा गर्न र अमेरिकाको आत्माको लागि लडाइँमा संलग्न रहेको बताए। उनले आफ्नो भाषणमा आफ्ना उपलब्धिहरूको पनि उल्लेख गरे र कमला ह्यारिससँग मिलेर ती उपलब्धिहरू हासिल गरेको बताए।

Advertisement
Ad 1
Ad 2
Ad 3

कोभिड-१९ महामारीको समयमा विश्वको सबैभन्दा बलियो अर्थतन्त्र निर्माण गर्न गरिएको प्रयास र मध्यम वर्गका लागि काम गरेको कुरा पनि बाइडेनले उठाए। उनले रिपब्लिकन पार्टीको बन्दुकमा प्रतिबन्ध लगाउने अडानको आलोचना गर्दै भने, “अमेरिकामा बन्दुकबाट धेरै बालबालिका मारिन्छन्। त्यसैले कमला र म बन्दुकसम्बन्धी कानुन पारित गर्न पाउँदा गर्व गर्छौं। अब बन्दुकमाथि प्रतिबन्ध लगाउने बेला आएको छ।”

बाइडेनले पार्टीका लागि सबैभन्दा चुनौतीपूर्ण विषय गाजा–इजरायल युद्ध भएको उल्लेख गर्दै यस विषयमा आन्दोलन गरिरहेका जनताको कुरा पनि औचित्यपूर्ण रहेको बताए। उनले दुवै पक्षबाट निर्दोष मानिसहरूको मृत्यु भएको पनि चर्चा गरे।

आजदेखि शुरु भएको डेमोक्रेटको नेशनल कन्भेन्सनमा पार्टीका पूर्व नेताहरू र पूर्व राष्ट्रपतिहरूले सम्बोधन गर्ने कार्यक्रम छ। यस कन्भेन्सनले कमला ह्यारिसलाई डेमोक्रेटको तर्फबाट राष्ट्रपतिको उम्मेदवारको औपचारिक चयन गर्नेछ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

नयाँ अपडेट

ट्रेन्डिङ

spot_img