२ कार्तिक २०८१, शुक्रबार

रियल म्याड्रिडका ८० हजारभन्दा बढी फ्यानले गरे एम्बाप्पेको स्वागत

spot_img

फ्रान्सका सुपरस्टार फुटबलर केलियन एमबाप्पेलाई रियल मड्रिडमा स्वागत गरिएको छ । आज क्लबसँग आधिकारिक सम्झौतामा हस्ताक्षर गरेपछि एमबाप्पेलाई रियल म्याड्रिड स्टेडियममा ८०,००० भन्दा बढी फ्यानले स्वागत गरेका थिए ।

स्टेडियममा ८० हजार फ्यानलाई सम्बोधन गर्दै एमबाप्पेले आफ्नो बाल्यकालको सपना आज साकार भएको बताए । उनले आफू गोल गर्न र ट्रफी जित्न मात्रै रियल मड्रिडमा नआएको बताए । एमबाप्पेले आफू रियल मड्रिडलाई पूर्णरुपमा अपनाउन आएको बताएका छन् ।

गत महिना एमबाप्पेलाई अनुबन्ध गर्ने घोषणा गरेको रियल मड्रिडले आज औपचारिक सम्झौतामा हस्ताक्षर गरेको छ । यसअघि उनको आज मेडिकल पनि भएको थियो । २५ वर्षीय एमबाप्पे फ्री ट्रान्सफरमा रियल म्याड्रिड आएका थिए । एमबाप्पेले पीएसजीको तुलनामा रियल मड्रिडमा १ करोड युरो कम तलब लिन सहमत भएका छन् ।

Advertisement
Ad 1
Ad 2
Ad 3

PSG मा, उनको वार्षिक तलब लगभग 25 मिलियन युरो थियो, जबकि रियल मड्रिडले 15 मिलियन यूरो तिर्ने भनिएको छ। यसपछि पनि एमबाप्पे रियल मड्रिडका सबैभन्दा धेरै कमाउने खेलाडी बन्ने छन् । उनले रियल म्याड्रिडमा ९ नम्बरको जर्सी लगाउनेछन् । मिडिया रिपोर्टका अनुसार रियल म्याड्रिडले एमबाप्पेलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरे पनि उनीहरुलाई करिब ११ करोड डलर साइनिङ शुल्क दिने बताइएको छ । रियल मड्रिडले पछिल्लो सात वर्षदेखि एमबाप्पेलाई भित्र्याउने प्रयास गरिरहेको छ ।

सन् २०१७ मा फ्रेन्च क्लब मोनाकोबाट लोनमा पीएसजी आएका एमबाप्पे सन् २०१८ देखि पीएसजीका खेलाडी हुन् । उनले पीएसजीका लागि हालसम्म ३०८ खेलमा २५६ गोल गरेका छन् । पीएसजीमा रहँदा उनले ६ सिजन फ्रेन्च लिग र चार सिजन फ्रेन्च कोपा डे फ्रान्स जितेका छन् । त्यस्तै, २०१९-२० सिजनमा पीएसजी च्याम्पियन्स लिगको उपविजेता बनेको थियो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

नयाँ अपडेट

ट्रेन्डिङ

spot_img